साउन २७, काठमाडौँ – यस वर्षको युरोपियन सुपर कप फुटबल प्रतियोगिताको उपाधि बार्सिलोनाले जितेको छ । गत सिजनको युएफा च्याम्पियन्स लिग बिजेता बार्सिलोना एवं युरोपा लिग बिजेता सेभियाबीचको भिडन्तमा बार्सिलोना ५–४ ले विजयी भयो ।
निर्धा्रित ९० मिनेटसम्म दुबैतर्फबाट ४–४ गोल भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा बार्सिलोनाका पेड्रोले निर्णायक गोल गर्दै टोलीलाई सिजनको सुरुवाती उपाधि दिलाएका हुन् ।
जितसँगै बार्सिलोनाले सर्वा्धिक ५ पटक युएफा सुपर कप जित्ने इटालियन क्लब एसी मिलानको कीर्तिमानमा बराबरी गरेको छ ।
युरोपियन सुपर कप फुटबल प्रतियोगिताको उपाधि बिजेता बार्सिलोना
