साउन २०, काठमाण्डौ-जनताको राय सुझाब सहित साउँन मसान्त भित्र नयाँ संविधान जारी गर्ने बताउँदै आएका दलहरुविच अझै पनि विवादीत विषयमा सहमती हुन नसक्दा संविधान निमार्णमा ढिलाई हुने भएको छ । विवाद मिलाएर मस्यौदा प्रतिवेदन तयार गर्न पाएको ४ दिनको सयम सकिएर दुई दिन कटि सक्दा पनि दलहरु विवादीत विषयमा स्पष्ट हुन नक्दा संविधान निमार्णमा ढिलाई हुने भएको हो ।
दलहरुले आज पनि विहानैबाट छलफल गरी साँझ सम्म निष्कर्षमा पुग्ने बताएका छन् । सिमाङकन सहितका सबै विषय आजै टुङगाएर भोली राजनीतिक संम्वाद तथा सहमती समितीको बैठकमा अनुमोदन गर्ने उनिहरुले दावि गरेका छन् । संवाद समिति मातहतको विशेष समितिमा कार्यदलले दिएको प्रतिवेदनमा अतिरिक्त नयाँ संविधानसँग सम्बन्धित अन्य विषयमा समेत दलहरुले छलफल केन्द्रित गर्ने बताएका छन् । हिजो देखि बाँकी सुझाव सरोकार भएकाहरुले समितिमै आएर बुझाएका ज्ञापनपत्र र दलबीचमा आएका विवाद सबै विषयवस्तुलाई टुङ्ग्याउने गरी छलफल जारी रहेको समितिका संयोजक डा बाबुराम भट्टराईले जानकारी दिनुभयो ।
विशेष समितिले आजसम्ममा सबै विषयवस्तुलाई एउटा निष्कर्षमा पु¥याएर राजनीतिक संवाद समितिलाई प्रतिवेदन पेस गर्ने र सो समितिमा भोली छलफल गरी संविधानसभामा पठाउने तयारी भइरहेको बताइएको छ ।
यता संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले भने सम्वाद समिती अझै पनि कुनै निष्कर्षमा पुग्न नसकेको भन्दै संविधान सभाको बैठक बोलाउँने तयारी गर्नु भएको छ । दिएको समय भन्दा दुईदिन बढी भए पनि समितीले केहि नगरेकाले अब कुर्न नसक्ने भन्दै सभाध्यक्षले समितीलाई जानकारी गराउँनु भएको हो ।