साउन ८, काठमाडौँ – ट्वेण्टी ट्वेण्टी विश्वकप क्रिकेटका लागि ओमन छनोट भएको छ । प्लेअफको अन्तिम खेलमा नामिबियालाई ५ विकेटले हराउँदै ओमान विश्वकपका लागि छनौट भएको हो । नममिबियाले दिएका १ सय ४९ रनको लक्ष्य ओमानले १९ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो ।
यसअघि नामिबियाले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउँदै १४८ रन बनाएको थियो । यस्तै अर्को खेलमा पपुवा न्युगिनीलाई ६ विकेटले हराउँदै अफगानिस्तानले पनि अर्को बर्ष भारतमा हुने प्रतियोगिताका लागि छनौट भएको छ । पपुवा न्युगिनीले दिएको १ सय २८ रनको लक्ष्य अफगानिस्तानले १८ ओभर २ बलमा ४ विकेट गुमाएर भेटाएको हो ।
ओमन ट्वेण्टी ट्वेण्टी विश्वकप क्रिकेटका लागि छनोट
