इराकको राजधानी बग्दादमा गराइएको विष्फोटमा २० जनाको मृत्यु

साउन ७, काठमाडौँ – इराकको राजधानी बग्दादमा गराइएको विष्फोटमा २० जनाको मृत्यु भएको छ । व्यस्त बजारमा विष्फोट गराईंदा थुप्रै व्यक्ति घाइते भएका छन् । शिया मुस्लिमहरुको वस्तीमा विष्फोट गराइएको हो । केही दिनअघि मात्र आईएसले यस्तै विष्फोट गराएको थियो । बितेको १६ महिनामा इराकमा १५ हजार मानिस मारिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।