साउन ७, काठमाडौँ – व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आर्थिक बर्ष २०७२/०७३ लागि पेश भएको बजेटका विषयमा छलफल गर्न संसद बैठक बस्न लागेको हो । दिउँसो संसद ३ बजेका लागि बोलाइएको बैठकमा मन्त्रालयगत शीर्षकमा विनियोजित बजेटका विषयमा कार्यतालिका तोकिनेछ । आजको बैठकमा सभासदहरुले भनाई राख्नेछन् । संसद सचिवालयका प्रवक्ता सुदर्शन कुँइकेलले ३ बजेको बैठकबाट नै मन्त्रालयगत बजेटको छलफल कार्यतालिका तय गर्ने बताउनुभयो । त्यसअघि २ बजेसम्म संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले विभिन्न संघसस्थाहरुको सुझाव बुझ्नुहुनेछ ।
व्यवस्थापिका संसदको बैठक आज बस्दै
