साउन ७, काठमाडौँ – मधेस केन्द्रित दलहरुले मधेस तराइका प्रमुख चार शरहमा विरोध प्रदर्शन गर्ने भएका छन् । संविधानको मस्यौदामा सुझाव संकलनका क्रममा भएको अवरोधपछिको अवस्था, संविधानका विषयमा धारणा राख्न प्रदर्शन गर्न लागेको हो । सुझाव संकलनका क्रममा देखिएका तीन दिनका घटनापछि मधेसी मोर्चाले आज वीरगञ्जबाट विरोध सभा गर्न लागेको हो । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्ना कुरा नागरिकलाई बुझाउन विरोधसभा गर्न लागेको बताउनुभयो । उहाँले भोलि भैरहवा, आइतबार जनकपुर, ११ गते विराटनगरमा प्रदर्शन र सभा गर्ने पनि बताउनुभयो । ती सबै प्रदर्शन र सभामा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो, तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर र तराई मधेस सद्भावना पार्टी वरिष्ठ नेता रामनरेश राय यादवले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।