साउन ६, काठमाडौँ – नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले आजदेखि भेटवार्ता गर्ने भएको छ । चिनियाँ वाणिज्य उपमन्त्रीको नेतृत्वमा नेपाल आएको टोलीले आजदेखि भेटवार्ता थाल्ने छ । हिजो उपमन्त्री चाङ सियाङछेनको नेतृत्वको टोली ५ दिने भ्रमणमा हिजो नोपाल आइपुगेको हो । टोलीले भूकम्पपछिको पनुःनिर्माणका विषयमा चीन सरकारले गरेको सहयोगको प्रतिवद्धता, त्यसको कार्यान्वयन प्रक्रियाका विषयमा छलफल गर्न टोली नेपाल आइपुगेको हो । चिनियाँ सहयोग कार्यान्वयनका विषयमा नेपाली अधिकारीहरुसँग बसेर टोलीले योजना बनाउनेछ ।
चिनियाँ टोली आजदेखि भेटघाटमा
