साउन ६, काठमाडौँ – काठमाडौको कीर्तिपुरमा बुधबार विहानै एक स्कुल बसमा आगजनी भएको छ ।
मोर्डन इण्डियन स्कुलको ना १ क १०२३ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरिदिएको कीर्तिपुर प्रहरीले जनाएको छ । कीर्तिपुर नगरपालिका ३ स्थित त्रिभुवन विश्व विद्यालयको लेब्राटरी हल अगाडि रोकिराखेको बसलाई दुई जना अरिचित ब्यक्तिले विहान सवा ६ बजेतिर आगजनी गरी फरार भएको प्रहरीले जनाएको छ । बसमा लागेको आगो तत्काल प्रहरीले निभाएको थियो ।
आगजनीको कारण खुल्न सकेको छैन । स्कुल बसमा आगजनी गर्नेको खोजी कार्य जारी रहेको छ ।
काठमाडौको कीर्तिपुरमा बुधबार विहानै
