साउन ४, जनकपुर – मस्यौदा संविधान–२०७२ मा मधेशी प्रति पूर्ण रुपमा बिभेद गरेको आरोप लगाउंदै मधेशी अधिकार संघर्ष समिति मासले दुई दिने जनकपुर बन्दको घोषणा गरेको छ ।
बन्दका कारण सोमबार विहानै देखि जनकपुरको जनजीवन प्रभावित भएको छ । यातायात र बजार पूर्ण रुपमा ठप्प बनेका छन् । मधेशी अधिकार संघर्ष समितिका कार्यकर्ताहरु चोक चोकमा निस्केर प्रदर्शन गरिरहेका छन् ।
दोहोरो झडप हुने संभावना बढेपछि अहिले जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । आइतबार पनि संघिय मधेशी मोर्चा र लोकतानित्रक मधेशी समाजले जनकपुरमा छुट्टाछुट्टै बिरोध जुलुस प्रदर्शन गरेका थिए ।