साउन २, पाँचथर-लगातारको वर्षाका कारण पहिरो जाँदा पाँचथरको राँके–रवि सडकखन्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भए पछि एक महिनादेखि सडकमा यातायातका साधन सन्चालन हुन सकेका छैनन् ।
गाडी नचल्दा धनकुटा सीमाका गाविसका स्थानीय दुईदिनको पैदल हिँडेर सदरमुकाम फिदिम आउन बाध्य छन् । सडक बनेको साढे दुई दशक हुँदा पनि स्तरोन्नति नगर्दा दुई दर्जन बढी गाविसका स्थानीय सास्ती खेप्न बाध्य भएका हुन् ।
सवारी–साधन नचलेकै कारण व्यापारीले दैनिक उपभोग्य सामग्रीको मूल्य बढाउन थालेका छन् ।
पाँचथरको राँके–रवि सडकखन्ड एक महिना देखि अवरुद्ध
