असार २६, काठमाण्डौ—सरकारले पेस गरेको नीति तथा कार्यक्रम माथिको छलफल आज पनि जारी रहने भएको छ ।
हिजोदेखि व्यवस्थापिका संसदमा सुरु भएको छलफलमा आज पनि सभासदहरुले भनाई राख्नु हुनेछ । विपक्षी दलहरुले सरकारको नीति तथा कार्यक्रम सबै चिज भएर पनि केही नभएको टिप्पणी गरेका छन् ।
हिजो नीति तथा कार्यक्रममाथि ४० जना सभासदले भनाई राखेको र आज त्योभन्दा बढी सभासदले भनाई राख्ने गरी संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईंकेलले बैठक बिहान ११ बजेपछि बोलाइएको बताउनुभयो ।
नीति तथा कार्यक्रम माथिको छलफल आज पनि जारी
