असार ६, काठमाडौँ – जमैकालाई पराजित गर्दै अर्जे्न्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । गए राती भएको खेलमा गोन्जालो हिग्विइनको एक मात्र गोलको मद्दतमा जमैकालाई १–० ले पराजित गर्दै अर्जे्न्टिना समुह बी को विजेताका रुपमा अन्तिम ८ मा प्रवेश गरेको हो ।
समुह चरणको ३ खेलमा २ जित र १ बराबरी खेलेको ७ अंकका साथ समूह बी को विजेता बन्यो । यसअघि अर्जे्न्टिनाले पराग्वेसँग बराबरी खेलेको थियो भने उरुग्वेलाई पराजित गरेको थियो । अब अर्जे्न्टिनाले समूह चरणमा तेश्रो हुने उत्कृष्ट दोश्रो टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै गए राती नै भएको खेलमा उरुग्वेसँग बराबरी खेलेको पराग्वे पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । उरुग्वेसँग १–१ गोलको बराबरी खेलेका पराग्वे ३ खेलमा ५ अंक जोडेको पराग्वे समूह बीको उपविजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको हो ।
एक अंक पनि जोड्न नसकेको जमैका समूह चरणबाटै बाहिरिएको छ । उरुग्वेको भने उत्कृष्ट उपविजेताको रुपमा क्वाटरफाइनल प्रवेश गर्ने संभावना अझै बाँकी रहेको छ ।