एसएसपी सर्वेन्द्र खनाललाई अपराध अनुसन्धान महाशाखाको प्रमुख

असार ३,काठमाडौँ – प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० सर्बेन्द्र खनाललाई दिएको छ । महाशाखाका एसएसपी पुष्कर कार्की युएन मिसनका लागि लाइबेरिया गएपछि खनाललाई महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको हो ।

प्रहरीका विभिन्न विभागहरु मध्ये अपराध अनुसन्धान महाशाखा अत्यन्त चुनौतिपूर्ण मानिन्छ ।
प्रहरी बरिष्ठ उपरीक्षक खनाल प्रहरी संगठन मित्र अत्यन्त अब्बल दर्जाका अधिकृतका रुपमा परिचित हुनुहुन्छ । विषम अवस्थामा कुशल नेतृत्व लिन सक्ने खनाललाई प्रहरी संगठन भित्र धेरैले रोलमोडलको रुपमा समेत लिने गरेका छन् । काठमाडौ होस् वा तराईका जिल्ला तथा अञ्चलहरुमा प्रहरी प्रमुखको रुपमा खनालले गुण्डागर्दी रोक्न चालेको शशक्त अभियान अहिले पनि उत्तिकै चर्चाको शिखरमा रहेको छ । भारतका लागि समेत टाउको दुखाईको विषय बनेका सीमा क्षेत्रका डनहरुलाई पक्राउ गर्न समेत खनाल सफल हुनुभयो । तराईमा बालविवाह तथा दाइजोप्रथा रोक्न पनि खनालले महत्वपूर्ण भुमिका खेल्नु भएको थियो ।

पहिलो संविधान सभाको चुनाव २०६४, तथा गत वर्ष काठमाडौमा भएको सार्क सम्मेलनलाई सफल पार्न सुरक्षाको जिम्मेवारी लिनु भएका खनाल आफनो भूमिकामा पूर्ण सफल हुनु भएको थियो । यसका अतिरिक्त विदेशमा भएका तालिमहरुमा पनि सर्वोत्कृष्ट भई खनालले प्रहरी संगठनको मात्र होइन देशकै शीर उच्च पार्दै आउनु भएको छ । पछिल्लो पटक इटलीको रोममा भएको विश्वका ३७ देशका प्रहरी अधिकृतहरु सम्मिलित तालिममा खनाल सर्वोत्कृष्ट घोषित हुनु भएको थियो । खनालले हालै महाभूकम्पका कारण विपतमा परेर छटपटाइरहेका आफ्नै संगठनका सदस्यहरुलाई देशका विभिन्न ठाँउमा गई कुशल काउन्सेलीङ दिएर उनीहरुको मनोबल उच्च पार्न सफल हुनु भएको थियो । काउन्सेलिङ लिएका प्रहरीहरुले पनि खनालको काउन्सेलिङ अत्यन्तै प्रभावकारी भएको र यसबाट आफुहरुलाई कार्य क्षेत्रमा खटिन उर्जा मिलेको प्रतिक्रिया दिएका थिए ।