असार १, काठमाडौँ – मस्यौदा समिती अन्र्तगतका उपसमितीहरु संविधान लेखनमा सक्रिय भएका छन् । आईतबारबाट सुरु भएको मस्यौदा लेखन कार्यमा उप समितीहरु फास्ट ट्र्याकको कार्यतालीका बनाएर सक्रिय भएका हुन । आगममि १२ असारमा संविधान सभामा मस्यौदा पेस गर्नेगरी समितीले ८ चरणको कार्यक्रम बनाएको छ ।
समिती अन्र्तगतको ५ उपसमितीले प्रस्तावना र परिभाषा, मौलिक हक, राज्यको निर्देशन सिदान्त र आयोग सम्बन्धी, न्यायपालिका, व्यवस्थापिका उप समिती र कार्यपालीका उपसमिती भित्र पर्ने विषयलाई आ—आफ्नो भागको मस्यौदामा आज सम्म उल्यख गरि बुझाई सक्नु पर्ने जनाईएको छ । उप समितीले आफने क्षेत्रभित्र पर्ने विषयलाई सम्बोधन गर्दै प्रतिवेदन बुझाए पछि भोली समितीको पुर्ण बैठक बसी छलफल हुने भएको छ ।
राजनीतिक दलहरूले २५ जेष्ठमा राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणालीका बाँकी विवादमा सहमति गरी संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाए पछि संविधान लेखनको काम सुरु भएको हो ।
केही विवादित विषय पनि आएकाले त्यसमा सहमति गर्नुपर्ने थप चुनौती भए पनि समयमा नै समितीले काम सक्ने जनाएको छ ।