प्रारम्भिक मस्यौदा लेखन आजबाट

जेष्ठ ३१ , कठमाण्डौ – संविधानसभाले मस्यौदा तयार पार्न १५ दिनको समय सिमा दिए पछि मस्यौदा समितीले प्रारम्भिक मस्यौदा लेखन आजबाट सुरुगर्दै छ । संवैधानिक संबाद तथा सहमति समितिले तयार पारेको प्रतिवेदन मस्यौदा समितिमा पठाए पछि समितीले आज बैठक बोलाएर काम थाल्ने भएको हो ।

मस्यौदा निमार्ण कार्य अघि बढाउँन संसद सचिवालय सिंह दरबारमा समिती सभापति कृष्ण प्रसाद सिटौलाले अहिले विहान ११बजे बैठक बोलाउँनु भएको छ । मस्यौदा समितीले पछिलो पटक प्रमुख दलहरुविच भएको १६ बुँदे सहमतिमा आधारमा बनाईएको प्रतिवेदन माथि रहेर मस्यौदा तयार गर्ने भएको छ । समितीमा समिती सभापतिको नेतृत्वमा रहेको मुल कार्य दल समिती र ५ ओटा उप समिती क्रियाशिल छन् । ति उप समितीले आ आफ्नो जिम्मेवारी परेका संविधानका मस्यौदा यस अघि नै तयार गरिसकेका छन् । पहिले नै तयारी मस्यौदाको काम र बाँकी कामको आज प्रत्रकार सम्मेलन गरेर जानकारी गराउँने समिती सभापति सिटौलाले जनाकारी दिनुभएको छ ।
प्रमुख दलहरुको सहमतीमा संविधान निमार्णको काम मस्यौदा लेखन सम्म पुग्दा केहि असन्तुष्ट साना दलहरु भने दलहरुको निर्णय अस्वीकार गर्दै आएका छन् । मधेसबादी अन्य सानादलले गैरसंवैधानिक बाटोबाट संविधान निमार्ण गर्न लागेको भन्दै आपत्ती जनाउँनै आएका हुन ।