राष्ट्रिय पुनःनिर्माण समितिको बैठक आज पनि जारी

जेठ १३,काठमाडौं – भूकम्पछि राष्ट्रिय पुनःनिर्माणका लागि आवश्यक योजना तयार गर्ने उद्देश्यका साथ आह्वान गरिएको राष्ट्रिय पुनःनिर्माण समितिको बैठक आज पनि जारी रहने भएको छ । राजनीतिक दलका प्रतिनिधिले आफ्ना धारणा राख्ने क्रम नसकिए पछि आज पनि बैठक जारी रहने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा भूकम्पपछिको अवस्था, त्यसको मूल्याङ्कन र आगामी नीति तथा कार्यक्रमका सन्दर्भमा प्रस्तुत गरिएको कार्यपत्रका विषयमा समाजका विभिन्न क्षेत्रका सहभागीले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहने भएको छ ।
बैठकमा सिङ्गो राष्ट्र एकताबद्ध भएर मुलुकलाई हालको विपद्को अवस्थाबाट निकास दिने विषयमा छलफल सुरु भएको जनाइएको छ ।
कार्यपत्र प्रस्तुतपछि राष्ट्रिय योजना आयोगका ६ जना पूर्वउपाध्यक्षहरु, भूकम्पविद्हरु, त्रिभुवन विश्वविद्यालयका भूगर्भ्विद् तथा प्राध्यापक, राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान(नाष्ट)का विज्ञहरु, नागरिक सममाजका प्रनिनिधि, इन्जिनियर, अर्थ्विज्ञ, कलाकर्मी एवम् स्वास्थ्य क्षेत्रका विज्ञहरुले धारणा राख्ने क्रम जारी रहेको वन तथा भ–ूसंरक्षण मन्त्री महेश आचार्यले बताउँनु भएको छ ।
बैठकमा सहभागीहरुले राहत वितरण कार्यमा भएका कमीकमजोरी तथा सामाजिक न्यायका आधारमा वितरण गर्नुपर्ने धारणा व्यक्त गरेको बताउँदै मन्त्री आचार्यले विपद्को समयमा नेपालीहरुबीच देखिएको एकताप्रति पनि चर्चा भएको उल्लेख गर्नुभयो ।