- सुरेन्द्र थपलिया (एस. टि. स्मरण)
मामा घरको त कुरै नगरौ, घर भत्किएर माईजुको ढाडमा ठुलो चोट लागेको छ, मामाको टाउकोमा पहाडले चेपेछ अझै होसहवास छैन । मामाको भएको एउटा छोरो पनि खै कहाँ हो कहाँ ? अरु केही भएको छैन हामीलाई । अनि केही पनि चाहिदैन हामिलाई । एती ठुलो धरती छ हामी सुत्नको लागि अनि ओढ्ने त आकाश छदैछ नि । जाबो टेण्ट र त्रिपाल किन चाहियो ?? दाल चामल, नुन तेल तरकारी अह केही चाहिदैन । मुठी भरको पानी पियर कयौं दिन सम्म युद्ध लडेका वीर गोर्खालीको सन्तान हौ हामी जाबो यो भुकम्पले के नै गरेको छर ??? बर्ष भरी खान पुग्ने अन्न माटोमा मिलेको न हो ।
तैले केही गर्नु पर्दैन सरकार ! सक्छस भने सिङ्गटी बजार, बारफाक गाउँ, सुनखानी, डाडा पारी गाउँ, साखु, गोङ्गबुमा पुरिएर रहेका मेरा साथिसङ्गि, आमाबाबु, दिदिबहिनी लाई निकाल । अब हाम्रो घरहरु पनि बनाईदिनु पर्दैन, आफ्नै बनाउछौ । ९.९ रेक्टरको भुकम्प आएपनी नढल्ने सरकार बनाउनु । किनकी अब छिट्टै त्यति नै ठुलो भुकम्प जादै छ, तिमिहरुको सत्ता समीकरणमा । अब जमिन मुनि बाट हैन सरकार जमिन माथी बाटै ९.९ रेक्टर को भुकम्प जानेछ त्यो सत्ता समीकरणमा । धरहरा ढलेर के भयो त नेपालीको मन ढलेको छैन । सगरमाथा भन्दा अटल शिर अझै पनि बाकी छ, बाकी छ त्यो जोस अनि जाङ्गर जस्ले वि. सं. २०६२/६३ मा राज तन्त्र हटायो अनि लोकतान्त्रिक ल्यायो । अझै बाकी छ शाहस गोलि सहने, बाकी छ चाहना खुकुरी उद्याउने । सरकार सिहदरबार भत्कियो रे बालुवाटार भत्कियो रे ! सुन्दै छु सितल निवास पनि ढल्यो रे ! एक छिन पर्खी सरकार हामी आउछौ राहत लिएर ती महलहरुको पेट भर्न । सब थोक छ हामिसङ्ग, छिमेकीसङ्ग माग्नु पर्दैन । छिमेकी संग हात पसार्नु पर्दैन सरकार आफ्नो र देश को इज्जत राख ।