– डा. यञ्जन गैह्रे
भूकम्पपछि मानवीय स्वास्थ्य रक्षाका उपाय
सरसफाई :-
१. पाल वा शिविर वरिपरि फोहर नगरौ, साथै खाद्य वस्तु पाउच, डिब्बा, झोलाहरुलाई उचित ठाँउमा व्यवस्थापन गरौ ।
२. शिविर भन्दा केही टाढा अस्थाई शौचालय बनाउने, शौचालयको वरिपरि फिनेल जस्ता किटनाशक छर्किने ।
३. शौचालय गइसकेपछि र खानाअघि साबुन पानिले हातखुट्टा धुने बानी गर्नु पर्दछ ।
भोजन र पोषण :-
१. भूकम्पको आकस्मिक अवस्थामा फास्ट फुड, जंक फुड माछा, मासु, चाउँँचाउँ, बिष्कुट जस्ता खाध्य पर्दाथको प्रयोग अत्यन्त न्युन गर्ने गरौ । स्वास्थ्यकर ताजा खाना जस्तै दाल, भात, तरकारी लाई नियमितता दिने गरौ । जसले गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर पर्नबाट बच्न सकिन्छ ।
२. होटल, रेष्टुरा, खुल्ला ठाउँमा राखेका खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायक हुँदैन । त्यसैले यस्ता ठाँउमा परिकारहरुले मानव स्वास्थ्यमा असर पुर्याउने हुँदा, यस समयमा उक्त ठाउँहरुको प्रयोग कम गरि जति सकिन्छ स्थानीय स्तरमा उपलब्ध फलफुल, एवम् गाँजर, काक्रो, मुला जस्ता सलाद, र हरिया सागसब्जीमा जोड दिनाले, भिटामिन, मिनरल्स र खनिजको कमी हुनबाट जोगाउँछ ।
३. गहुँ , मकै, कोदो, फापर जस्ता रेसादार परिकार मा बढी पौष्टिक गुण हुनाले मानव स्वास्थ्यलाई दरिलो र स्वास्थ्यकर राख्ने गर्दछ, त्यसैले यसको प्रयोग बढी गर्ने गर्नु पर्दछ ।
४. संम्भव भए सम्म गेडा, गुडिलाई अंकुदित गरेर खानु राम्रो हुन्छ ।
व्यायाम :-
१. हलुका अंगव्यायाम गर्ने, दैनिक ४५ मि. सम्मा हलुका पसिना आउने गरेर हिँडने, र आफुले जानेका व्यायाम लाई निरन्तरता दिनाले तनाव व्यवस्थापना र भुकम्पल ल्याएकोे मानसिक र शारीरिक कमजोरीलाई व्यवस्थापन गर्न मद्दत पु¥याउने गर्दछ ।
२. उपलब्ध वा सम्भव भएसम्म योग, आसन, प्राणयाम र ध्यान का विधि सिक्ने र निरन्तरताका साथ विहान र बेलुका गर्ने गर्नु उपयुक्त हुन्छ, जसले गर्दा मानसिक र शारिरीक स्वास्थ्य राम्रो हुन्छ ।
विविध :-
१. भूकम्पको बेलामा मानसिक तनाव, चिन्ता, डर जस्ता कुराहरु हुने हुनाले त्यस्तो भएमा मनोपरापर्श दाता संग सल्लाह लिनु पर्दछ । र सकेसम्म औषधीको प्रयोग गर्नु राम्रो मानिदैन ।
२. ५० वर्ष माथिका जेष्ठ नागरिकहरुको सन्तान र सम्पति गुमेको यो पीडा दायिक अवस्थामा मनका बेदना सुन्ने, सुनाउने गरेर साथै मनेपरामर्शको सल्लाह र सकारात्मक जिवन तिर डो¥याउनु पर्दछ ।
३. युवाहरुलाई जतिसक्यो त्यती बढी अरुको सेवा र सहयोगमा लाग्न प्रेरित गर्नु पर्दछ । जस्ले गर्दा मानसिक तनावलाई कम गर्न सकिन्छ । आफ्नो चिन्ता, डर र तनाव बोकेर घरभित्र कोठामा बस्नु भन्दा दैवी अपवाहबाट पीडितलाई सेवा गर्नु र उनीहरुसंग मुस्कुराउनु पर्दछ ।
४. ६ बर्ष भन्दा मुनीका बालबालिकाहरुलाई ठुलामानिसहरुले संगै राख्नु पर्दछ । र ६ बर्ष भन्दा माथिकालाई खेलकुद, चित्रलेखन र संगित जस्ता क्रियाकलापमा व्यस्थ बनाउनाले उनीहरुको मानसपटेलमा पर्ने नकारात्मक सोचलाई कम गर्न र भय, डर तनावबाट बचाउन सकिन्छ ।
५. यस्तो अवस्थामा जलवायुमा छिटो – छिटो परिवर्तन आउने हुनाले साथै सरसफाई र सुरक्षामा पुर्ण ध्यान दिन नसकिने हुनाले रुघाखोकी, निमोनिया, झाडापखाला आदि जस्ता सरुवा रोगहरुको प्रकोप बढन जाने हुनाले सावधानी अपनाउनुपर्दछ ।
६. भूकम्प प्रभावित क्षेत्रमा मानविय एवम जिवजन्तु जन्य क्षेतिको उचित व्यवस्थापन हुन नसक्नुका कारणले हुन सक्ने घातक र सरुवा रोगको प्रभावबाट बच्न बचाउन सोको निश्चित व्यवस्थापनका साथै पञ्जा र माक्स आदिको प्रयोग गर्नु पर्दछ । सो क्षेत्रमा उद्घार टोली वाहेक अन्य कसैलाई पनि जानदिनु हुँदैन । इन्जिनियर र निरिक्षण टोलीले सुरक्षीत नमानेका घरहरुमा बस्नुहुँदैन । जस्का कारणले ठुलो दुर्घटना हुन सक्दछ ।
नोट :-
१. भूकम्पबाट पीडित नेपाल भरका अभिभावक गुमाएका बालबच्चाहरुलाई स्वास्थ्य र शिक्षा को उचित प्रवन्धका साथ एकै आवसिय विधालयमा राख्नु पर्दछ । जस्ले गर्दा उनिहरुको शारीरिक र मानसिक स्वास्थ्यका साथै गुणस्तरीय शिक्षा दिन सकियोस ।
२. सन्तान र सम्पती गुमाएका जेष्ठ नागरिकहरुको स्वास्थ्य रक्षा सहितको एउटै आवसीय आश्रम निमार्ण गर्ने र एकैस्थानमा राख्नुपर्दछ ।
३. भूकम्पीय दुर्घटनाका कारण अंगभङ्ग भएका एवम अन्य पुनस्र्थापना गर्नु पर्नेहरुलाई पुनस्र्थापना सेवा दिन सक्ने पुनस्र्थापना केन्द्रको स्थापना र संचालन गर्नुपर्दछ ।
(लेखक, प्राकृतिक स्वास्थ्य अस्पताल र वेलनेस अस्पतालका विशेषज्ञ डाक्टर हुनुहुन्छ)