बैशाख १२ पछि लगातार आएको पराकम्पन्न अझै पनि जारी

वैशाख ३०,काठमाडौं – बैशाख १२ पछि लगातार आएको पराकम्पन्न अझै पनि जारी रहेको छ । पछिल्लो पटक पनि ५ वटा पराकम्पन महसुस गरीएको छ । २ बजेर ७ मिनेट जाँदा काठमाण्डौलाई केन्द्र विन्दु बनाएर ४ दशमलब २ रेक्टर स्केलको भुकम्प गएको मापन केन्द्रले जनाएको छ । त्यसैगरी ३ बजेर १० मिनेट जाँदा धाँदीङलाई केन्द्र विन्दु बनाएर ५ दशमलब ९ रेक्टर स्केलको भुकम्प गएको केन्द्रले जनाएको छ ।

अर्को ४ बजेर ४० मिनेट जाँदा दोलखालाई केन्द्र विन्दु बनाएर ४ दशकलब ३ रेक्टर स्केलको भुकम्पको पराकम्न महसुस गरीएको केन्द्रले जनाएको छ । ८ बजे र ८ मिनेट र ८ बजेर २८ मिनेट जाँदा पनि दोलखालाई नै केन्द्र विन्दु बनाए ४ रेक्टर भन्दा माथिका भुकम्प गएको जनाईएको छ ।
हिजोको ठुलो धक्का पछि नेपालमा ४० वटा धक्का महसुस गरिएको छ । बैशाख १२ गतेको ठुलो भुकम्प पछि अहिले सम्म २ सय १ बटा पराकम्पन गएको भुकम्प मापन केन्द्रले जनाएको छ । हिजो दिउँसो आएको अर्को त्रसित भुकम्प पुनं दोलखा र सिन्धुपाल्चोलकलाई केन्द्रविन्दु बनाएर आएको नेपाल भुकम्प मापनकेन्द्रले जनाएको छ । केन्द्रका अनुसार सिन्धुपाल्चोक र दोलखा केन्द्र विन्दु बनाएर ६ दशमल ८ रेक्टर स्केलको भुकम्प गएको जानकारी दिएको छ भने यता अमिरीकी जियोलोजीकल सर्वले भने ७ दशमलब ७ रेक्टरस्केलको भुकम्प कोदारीलाई केन्द्र विन्दु बनाएर गएको जनाएको छ ।
अमेरिकी जियोलोजिकल सर्बे र नेपालको भुकम्प मापन विधि फरक भएकाले हिजो गएको भुकम्प मापन फरक हुन आएको भुगर्भ विभागका महानिदेर्शक सर्वजित प्रसाद महतले बताउँनु भएको छ । हिजोको भुकम्पको मापन स्थानिय मापन केन्द्र मार्फतको रहेको र म्यानुलियल्ली अपडेड भएकाले स्थानिय मापन केन्द्रलाई नै विश्वास गर्नु पर्ने भुकम्प विद उमेस प्रसाद गौतमकोे भनाई रहेको छ । काठमाण्डौ देखि ८० किलो मिटर पुर्व सम्म धक्का महसुस गरीएको यता अमिरीकी जियोलोजिकलले जनाएको छ । हिजोको ठुलो धक्का पछि अन्य साना पराकम्पन जाने क्रम भने अझै जारी रहेको छ ।
त्यसैगरी भुकम्प विदहरुले हिजोको भुकम्प भुकम्प नभएर पराकम्पन्न मात्र भएको बताएका छन् । महिनौ सम्म पराकम्पन्न जान सक्ने भन्दै सतरक रहन आग्रह गर्दै आएका भुविदले हिजोको भुकम्प पनि एउटा ठुलो पराकम्पन भएको बताएका हुन ।