फेरिको भुकम्पले जनजिवन त्रसित,हिजोको भूकम्पले मृतकको संख्या ६५ पुग्यो

वैशाख ३०,काठमाडौं – बैशाख १२ पछि हिजो फेरी आएको अर्को विनासकारी भुकम्पका कारण मृतकको संख्या अहिले सम्म ६५ पुगेको छ । हिजो आएको ६ दशमलब ८ रेक्टर स्केलको भुकम्पले १९ सय २६ भन्दा बढी घाईते भएका छन् । हिजोको भुकम्पले परि विभिन्न स्थानमा थप क्षती पु¥याएको छ । अहिले सम्म बैशाख १२ पछि मृत्यु हुनेको संख्या ८ हजार २ सय ८ पुगेको छ । हिजोको भुकम्पले सबै भन्दा बढी दोलखामा ३६ जनको मृत्यु भएको छ भने काठमाण्डौमा ५, सिन्धुपाल्चोकमा ५ र रामेछापमा ४ जनाको मृत्यु हुनुको साथै अन्य स्थानमा पनि मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । उद्धारकार्य आज पनि विहानैबाट जारी राखिएकोले मृतको संख्या अझै बढ्न सक्ने अनुमान गरीएको छ । घाईतेको संख्या १९ हजार कटेको गृहमन्त्रलयले जनाएको छ ।

भुकम्प आउँदा त्रसित भएर सर्वसाधारणको भग दौडका कारण सर्वसाधरणहरु घाईते भएको जनाईएको छ । हिजो गएको भुकम्पले सबै भन्दा बढी दोलखामा क्षेती पुगेको जनाईएको छ । दोलखा सदरमुकाम चरीकोटका घरहरु पुर्णरुपमा धोस्त भएको जनाइएको छ ।
त्यसैगरी सिन्धुपाल्चोकमा पनि भुकम्पले पुन क्षती पु¥याएको छ । काठमाण्डौमा पनि घरहरु भत्कीएका छन् । हिजोको भुकम्पले विभिन्न स्थानमा पहिरो जानुका साथै अझ पहिरो समेत जोखिम बढेको छ । बैशाख १२ को महाभुकम्पले त्रसित बनेका जनजिवन सामान्य बन्दै गएको बेला पुन आएको अर्को भुकम्ले पुनत्रसित बनेका छन् । हिजो आएको अर्को भुकम्पपछिको त्रासले सर्वसाधरणहरु पुनं चौरमा फर्किएका छन् ।