भुकम्प प्रभावितको भावना माथि खेलवाड, स्वास्थ्य शिविरको नाममा क्रिश्चियन धर्मको प्रचार

बैशाख २८ ,रामेछाप   – गएको बैशाख १२ रर १३ गते आएको महाभुकम्पले नेपालीहरुको मनलाई यतिवेला छियाछिया बनाएको छ । भुकम्प प्रभावितहरुको मन अझै सम्हालिएको छैन । पीडितहरुको घाउमा मल्मह लगाउनको लागि राज्य, सामाजिक संस्था तथा व्यक्तिगत रुपमा पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्र लागि रहेको छ । कतिपय संस्था र व्यक्तिहरु मनैदेखि सेवा गर्ने पवित्र भावना लिएर आएका छन् । तर केही व्यक्ति र संस्थाहरुलेपीडितहरुको भावना माथि नै खेलवाड गरि रहेका छन् ।

11210451_930933450304528_3363279272238614663_n

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

भारतको सिक्किमबाट रामेछाप पठाएको थोत्रा कपडाको प्रसंग सेलाउन नपाउँदै कोरीयाको एउटा संस्थाले फेरी प्रभावितहरुको भावना माथि नराम्रोसँग खेलवाड गरि रहेको छ । गुड पिपुल नामको सो संस्थाले स्वास्थ्य सिविर सञ्चालन गर्ने नाममा क्रिश्चियन धर्मको व्यापक प्रचार प्रशारा गरी रहेको छ ।

रामेछापको सदरमुका मन्थलीमा बैशाख २६ गतेदेखि सो संस्थाले सञ्चालन गरेको ३ दिने स्वास्थ्य सिविरमा जाँच गराउन जाने सबै सर्वसाधारणलाई क्रिश्चियन धर्मको प्रचार गरिएको ब्रुसियर भिडाइएको छ । सो ब्रुसियर बाँड्नको लागि ठूलो संख्यामा स्वयम्सेवीहरु समेत सो संस्थाले परिचालन गरेको छ । ब्रुसियरमा सबैको रक्षा जिसस क्राइष्टले मात्र गर्न सक्ने सन्देश दिइएको छ ।

सबै खालका रोगको उपचार गरिने भनि प्रचार गरिएको सो सिविरमा जाँच गराउन जाने सबै विरामीहरुलाई भिटामिन बीका क्याप्सुलहरु दिइएको छ । घण्टौँ लाइन लागेर उपचार गराउन गएका विरामीहरुको सामान्य प्राथमिक उपचार पनि नभए पछि उपचार गराउन जाने समेत आक्रोषित भएका थिए । उनीहरुले विपदको बेलामा खुल्ला रुपमा क्रिश्चियन धर्मको प्रचार गरि रहँदा पनि सम्बन्धित निकायले त्यसमा कुनै रोक लगाएन ।