रामेछापमा ७ करोड आर्थिक राहात

बैशाख २७, रामेछाप – सरकारले भुकम्पबाट प्रभापबत जिल्लहरुमा राहात सामाग्री पाठाउने क्रममा रामेछापमा ७ करोड आर्थिक राहात पाठाएको छ । गृह मन्त्रालयले शनिबार १३ जिल्लामा कुल १९ करोड ३० लाख रुपौयाँ आर्थिक सहयोग पठाएको हो । १३ जिल्ला मध्ये सबै भन्दा बढि रामेछाप जिल्लामा ७ करोड रुपैया पठाएको हो ।

यो रकम जिल्ला प्रशासन कार्यलय मार्फत प्रभाबित क्षेत्रका नागरिकको उद्धार तथा पुनस्र्थापनामा खर्च गरिने मन्त्रालयले जनाएको छ । अहिले पठाईएको रकम प्रारम्भिक राहात रकम भएको उपप्रधानमन्त्री तथा गृह मन्त्री वामदेव गौतमले बताउनु भयो । रामेछाप संगै दोलखा जिल्लामा पाँच करोड, ओखलढुङ्गामा दुई करोड तथा सोलुखुम्बुमा एक करोड पाठाइएको मन्त्रालयले जनाएको छ ।