रामेछापका भुकम्प प्रभावितलाई १५ हजार त्रीपाल बाँडियो, थप ५ हजार ४ सय त्रीपाल गाउँ पठाइने

बैशाख २७,रामेछाप  – बैशाख १२ र १३ गते आएको महभुकम्पमा परि घरबार गुमाएका रामेछापका प्रभावितहरुलाई राज्य र विभिन्न सामाजिक संस्था, व्यवसायी तथा निजि उद्यमी र समाजसेवीहरुले पनि सहयो गर्नेक्रम चलि रहेको छ । जिल्लाका प्रभावित परिवारलाई राज्य र विभिन्न संस्थाहरुको तर्फबाट १५ हजार ९६ थान त्रीपाल वितरण गरिएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । यसै गरी थप ५ हजार ६ सय ५२ त्रीपालवितरणको लागि सम्बन्धित क्षेत्रमा पठाउने क्रम चलि रहेको समितिले जनाएको छ ।

समितिले चामल ७३ हजार ३ सय ५० किलो, आर्मी टेन्ट ३८ थान, ब्याङ्केट २ हजार ७ सय ४० थान, दाल १ सय २० क्वीन्टल, नुन २ हजार ७ सय ४८ किलो, खाने तेल ८ सय ५३ लिटर , आँटा ५ सय १ किलो र ८ बोरा, चाउचाउ, बिस्कुट, लगाउने कपडालगायतका सामग्रीहरु पनि वितरण गरिसकिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

भूकम्पका कारण रामेछापका २३ वटा विद्यालय पूर्णरूपमा क्षति भएका छन् । १ सय २९ वटा विद्यालय आंशिक रूपमा क्षति भएका छन् । रामेछाप जिल्लाका ४५ गाविस र २ नगरपालिका मध्ये ३२ वटा गाविसको क्षतिको लागत सङ्कलनको काम भएको छ । ती गाविसमा १७ हजार७२ घरहरु बस्न नहुने गरि पूर्ण रुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

भूकम्पका कारण रामेछापमा २५ जनाको ज्यान गएको थियो । त्यस्तै २८ जना घाइते भएका थिए । रामेछाप जिल्लाका ४५ हजार घर मध्ये ४० हजार घरहरु बस्न नहुने गरि भत्किएका छन् ।

रामेछाप जिल्लामा नेपाल रेडक्रस, अस्मिता हाइड्रो पावर लिमिटेड र ग्लोटेक सोलुसन प्रालि , स्टोरीज अफ नेपाल तथा इन्सेक, शम्भु श्रेष्ठ लगायत रामेछापको भिरपानी गाविस घर भई काठमाडौँमा व्यवसाय गर्दै आएका व्यवसायीहरु, दुर्गाबहादुर खड्का, तेम्बा शेर्पा, कनक सुवेदी, दोर्जे शेर्पा, युनाइटेड भिजन नेपाल, असल अभियान, सेभ द चिल्ड्रेन, माधव पौडेल, इस्सिन खानेपानी तथा सरसफाई उपभोक्ता समिति, लेखनाथ दाहाल, पूर्वअर्थमन्त्री शंकर कोइराला, भेन्छेन गुम्बा, मानविय सेवा तथा अन्तर सांस्कृतिक आदानप्रदान केन्द्र, पतञ्जली योग पिठ, हिमाल पावर लिमिटेड, कुमार तामाङ, भुपेन्द्र चौलागाई, युवराज चौलागाईँ, अस्मिता सिटौला, महिला तथा बालबालिका कार्यालय, भोला दाहाल, दलित महिला संघ, लाइन्स क्लव, एसडीसी, सांग्रिला डिस्टिलरी, पशुपति पाउण्डेसन, आर्ट अफ लिभिङ, रौनियार सेवा समिति, एनआरएन, रामनारायण, युथ एक्सन नेपाल लगायतका संस्थाहरुले पनि त्रीपाल, खाद्यान्ह, तेल, पानी , कपडा तथा खानेकुरा लगायतका राहात सामाग्रि वितरण गरेका छन् ।