म्यान्चेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई २-१ ले हरायो

बैशाख २७, काठमाण्डौ – इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई २-१ ले हराएको छ ।

जितसँगै म्यान्चेस्टर युनाईटेडले अंक तालिकामा पाँचौ स्थानको लिभपुलसँग ७ अंकको अग्रता लिएको छ ।
प्रिमियर लिग अन्तर्गत गएरातीका अन्य खेलहरुमा सन्डरल्यान्डले एभर्टनलाई २-० ले, स्टोक सिटीले टोटनह्यामलाई ३-० ले, एस्टन भिल्लाले वेष्ट ह्याम युनाइटेडलाई १-० ले, बर्नलेले हल सिटीलाई १-० ले तथा लेस्टर सिटीले साउथह्याम्पटनलाई २-० ले हराएका छन् ।
न्यूकासल युनाइटेडले आफ्नै मैदानमा वेष्ट ब्रोमसँग १-१ गोलको बराबरी खेलेको छ । प्रिमियर लिगमा आज म्यान्चेस्टर सिटी र क्विन्स पार्क रेन्जर्स तथा चेल्सी र लिभरपुल भिड्नेछन् ।
गएरातीका खेलहरुपछि अंक तालिकामा लिग च्याम्पियन चेल्सीको ३५ खेलबाट ८३ अंक छ भने समान खेलबाट ७० अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ ।
एक खेल कम खेलेको आर्सनलको पनि ७० अंक रहेको छ । ३६ खेलबाट ६८ अंक जोडेको म्यान्चेस्टर युनाईटेड चौथो स्थानमा छ भने एक खेल कम खेलेको लिभरपुल ६१ अंकको साथ पाँचौ स्थानमा रहेको छ ।