तालमा डुबेर बालकाको मृत्यु

बैशाख २७,डडेलधुरा – डडेलधुराको बेलापुरमा पौडी खेल्ने क्रममा तालमा डुबरे दुई बालकको ज्यान गएको छ । बेलापुर–६ न्वाकोटको जल्के तामा पौडी खेल्न गएका दुई बालको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

बेलापुर–६ का नरबहादुर विष्टका पाँच वर्षका छोरा विशाल विष्ट र हरिबहादर विष्टका सात वर्षका टोरा दिनेश विष्टको ज्यान गएको प्रहरीले जनाएको छ । तालमा डुबेर बेहोस भएका दुवै बालको बेलापुर स्वास्थ्य चौकीमा उपचारको क्रममा ज्यान गएको हो ।