पत्रकार महासंघ काठमाडौं शाखा पत्रकारहरुको क्षति खोज्दै

बैशाख २६, काठमाण्डौ – वैशाख १२ गत गएको विनाशकारी भूकम्पबाट अकल्पनीय क्षति भएको छ । यस्तोमा विभिन्न पेशाकर्मी संगठनहरुले आफ्ना आबद्ध सदस्यहरुको क्षतिको विवरण संकलन गर्दैरहेको छ । यसै क्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा आबद्ध पत्रकारहरुको क्षतिको विवरण सार्वजनिक गरेको छ ।

शुक्रबारसम्म काठमाडौ जिल्ला शाखामा आवद्ध रहेका सदस्यहरु र सञ्चारकर्मी साथीहरुले दिएको जानकारी अनुसार भूकम्प पीडितहरुको हालसम्मको विवरण ५३ जना रहेका छन्, जो यस प्रकार छ-

१. प्रकाश शर्मा नेपाल : सिन्धुपाल्चोक लामुसाङमा आमा लक्ष्मी नेपालको निधन भयो भने बहिनी उषा नेपाल घाइते भई हाल उपचार गराईरहेको र घर पूर्ण रुपमा क्षति
२. शम्भु दंगाल : शंखरापूर–१, मा रहेको घर पूर्ण रुपमा क्षति
३. दिपक सापकोटा : सिन्धुपाल्चोक फुसलिङ्गकोट–४ मा रहेको ३ तले घर पूर्ण रुपमा क्षति
४. बैकुण्ठ भण्डारी : गोकर्णेश्वर न.पा.–७, पाखाथोक काठमाडौ घर चर्किएको
५. रामकृष्ण ढकाल : गोरखा बर्जवा–७ मा रहेको दुईतले घर अन्नपातसहित क्षति
६. युवराज विद्रोही : रामेछाप पिंखुरी –१, मा रहेको ३ तले घर क्षतिग्रस्त
७. दिपक जलन : घर क्षति
८. यादव देवकोटा : गोकर्णेश्वर १६, आरुबारीमा रहेको ३ तले घर बस्न नमिल्ने गरि पूर्ण रुपमा क्षति
९. विकाश गिरी : काभ्रे टुकुजा–९ मा रहेको घर र मिल क्षतिग्रस्त
१०. अमृत बानियाँ : नागेश्वर ७ गोरखामा रहेको ३ तले घर क्षति
११. हरि लामिछाने : भद्रुटार ३, नुवाकोटमा रहेको ३ तले घर क्षति
१२. योगेन्द्र प्रताप शाही : कामनपा. १०, बानेश्वरमा रहेको ३ तले घर चर्किएको
१३. श्रीजन झा : कामनपा १९, ढोकाटोलमा रहेको ५ तले घर बस्न नमिल्ने गरि क्षति
१४. शरन दंगोल : कानपा.१२, कालिमाटीमा रहेको पूरानो ३ तले घर क्षति
१५. अनुप प्रधान : कामनपा २०, मरु टोलमा रहेको ३ तले घरमा क्षति
१६. प्रमोद धिताल : दाङ दरुवा–४, कोठरीमा १ तले कच्ची, १ तले पक्की घर क्षतिग्रस्त
१७. निमकान्त पाण्डे : कापनपा १४, मा रहेको ३ तले घर चर्किएको
१८. चन्द्रलाल गिरी : कटुन्जे–७, ओखलढुँगामा दुईतले घर चर्किएको
१९. सुमित्रा दाहाल : कपन नारायणचोकमा रहेको घर बस्न नमिल्ने गरि क्षति
२०. रामकृष्ण अधिकारी : बागेश्वरी १, नुवाकोटमा रहेको ३ तले घर पूर्ण रुपमा क्षति
२१. नेत्रप्रसाद न्यौपाने : कामनपा ९, सिनामंगलमा रहेको घरमा क्षति
२२. देवेन्द्र चुँडाल : कामनपा, बुद्धनगरमा भएको घरमा क्षति
२३. सनत गिरी : तारकेश्वर नगरपालिका दहचोकमा रहेको घर पूर्ण रुपमा क्षति
२४. प्रविण श्रेष्ठ : कामनपा १३, ताहाचलमा रहेको ४ तले पूरानो घरमा क्षति
२५. केशव न्यौपाने : घैवुङ–३, रसुवामा रहेको घर क्षति
२६. अर्जुन डोटेल : दुवाकोट, भक्तपुरमा रहेका घर पूर्ण रुपमा क्षति
२७. बलराम थापा : खारे–५, दोलखामा रहेको ३ तले घर पूर्ण रुपमा क्षति
२८. दिपक मैनाली : मच्छे–३, काभ्रे लम्सालबेसी
२९. मेनुका कार्की : कामनपा टंगालमा रहको २ तले पूरानो घरमा क्षति
३० सुरेश राउत : अनन्तेश्वर नपा १२, मा रहेको घर पूर्ण रुपमा क्षतिग्रस्त
३१ं. यशोदा अधिकारी : टोखा नपा १२ बानिँयाटारमा रहेको २ तले घरमा क्षति
३२. रविन बस्नेत : डिल्लीबजारमा बस्ने घरमा क्षति हुनुका साथै खोटाङ्गमा रहेको घरमा समेत क्षति
३३. सिता पोखरेल : अनन्तेश्वर ३, वालकोटका घर आंशिक रुपमा क्षति
३४. केदार अधिकारी : धादिङमा रहेको घर पूर्ण रुपमा क्षति
३५. दिपक अधिकारी : बस्ने घरमा आंशिक रुपमा क्षति
३६. कालिका महत : सिन्धुलीको घरमा क्षति
३७. गोविन्दप्रसाद चौलागाईं : भक्तपुर श्रृजनागरमा रहेको साढे २ तले घरमा बस्न नमिल्ने गरि क्षति
३८. ममता कट्टेल : खाँदबारी–१२, संखुवासभामा रहेको घरमा क्षति
३९. जमुना दाहाल : कपनमा रहेको साढे ३ तले घर बस्न नमिल्ने गरि क्षति
४०. हेमबहादुर राना : चितवनमा रहेको १ तले पक्की घर बस्न नमिल्ने गरि क्षति
४१. ज्ञान प्रसाद बास्तोला : मामखा–३, ओखलढुँगामा रहेको २ तले घर क्षतिग्रस्त
४२. उपेन्द्र के.सी. : नलिनचोक, भक्तपुरमा रहेको घरमा पूर्ण रुपमा क्षति
४३. राजिव सिलवाल : डिल्लीबजारमा रहेको कार्यालयको कम्युटर, ल्यापटप, प्रिन्टरलगायतका सामाग्रीहरु पूर्ण रुपमा क्षति
४४. खिलबहादुर थापा : भोटेचौर, सिन्धुपाल्चोकमा रहेको घरमा क्षति
४५. हरि गजुरेल : रसुवामा रहेको घर पूर्ण रुपमा क्षति, बुहारीको निधन
४६. रोशन अर्याल : अनन्तेश्वर दधिकोट–११ मा रहेको दुई तले घर पूर्ण रुपमा क्षति, श्रीमती घाइते
४७. स्वागत नेपाल : झापामा रहेको १ तले घर पूर्ण रुपमा क्षति
४८. सत्यराम पराजुली : नरजा गाविस वडा नं. ३ नुवाकोटमा रहेको घर पूर्ण रुपमा क्षति
४९. आशिस गुरागाईं : सिन्धुपाल्चोकमा रहेको घरमा क्षति
५०. शान्ताराम विडारी : दामनमा रहेको घर बस्न नमिल्ने गरि क्षति
५१. चक्रपाणि नेपाल : कामनपा १५ मा बस्दै आउनुभएको घरमा क्षति
५२. नवराज न्यौपाने : हेटौडामा उपनपा–१४, मा रहेको दुई तले घर आंशिक रुपमा क्षति
५३. मानध्वज लामा ‘सागर’ : लखनपुर–९, रामेछापमा रहेको घरमा क्षति