सडक दुर्घटना न्युनिकरणका लागी मजदुरलाई प्रशिक्षण

बैशाख २६,बुटवल – पश्चिम नेपाल बस व्यवसायी समितिले शुक्रबार बुटवलमा दुर्घटना न्युनिकरण र यात्रुहरु संग गर्नुपर्ने ब्यवहार वारे परिवर्तन ल्याउन उनिहरुको आचरण बारे चालकहरुलाई प्रशिक्षण दिएको छ ।

दुर्घघटना न्युनिकरण गर्ने उद्देश्यले पश्चिम नेपाल बस व्यवसायी समित अन्र्तगत सञ्चालित सबारी सधानका चालक तथा परिचालकहरुलाई एक दिने प्रशिक्षण दिइएको हो ।
संघको कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा करिव दुईसय जना चालक तथा परिचालकहरुको सहभागीता रहेको थियो ।
सहभागीहरुलाई पश्चिम क्षेत्रीय टफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक ज्ञानु पाण्डेले ट्राफिक नियम र सडक अनुसासन बारे प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा पश्चिम नेपाल वस व्यवसायी समितिका महासचिव जीवन वञ्जाडे,संघद्धारा गठित आन्तरीक सवारी ब्यवस्थापन अनुगमन तथा दुर्घटना न्युनिकरण उपसमितीका संयोजक एवं सचिव रामचन्द्र भुसाल लगायतले प्रशिक्षण दिदै मानबिय त्रुटीका कारण हुने दुर्घटना कम गर्न चालक र परिचालकहरुको महत्वपुर्ण भुमिका हुने बताउनु भएको थियो ।
यसका साथै सो अवसरमा उहाहरुले यात्राका क्रममा यात्रुहरु संग गर्नु पर्ने ब्यवहार, आचरण र अनुशासन बारे जानकारी गराउनु भएको थियो ।
पश्चिम नेपाल बस ब्यवसायी संघले पछिल्ला केही बर्ष यता आफु मातहतका मजदुरहरुलाई अनुसासीत बनाउन तथा दुर्घटना न्युनिकरण गर्न भन्दै नियमित प्रशिक्षण दिदै आएको छ ।