महाभुकम्पमा अहिले सम्म ७ हजार ९ सय ३ जनाले ज्यान गुमाए

बैशाख २६, काठमाण्डौ—विनाशकारी भुईंचालोका कारण ज्यान गुमाउनेको संख्या झण्डै ८ हजार पुगेको छ । नेपाल प्रहरीका अनुसार शुक्रबार बेलुकासम्ममा ७ हजार ९ सय ३ जनाले ज्यान गुमाएका छन् । सिन्धुपाल्चोकमा मात्रै ३ हजार ४० जनाको ज्यान गएको छ । १७ हजार ८ सय ३ जना घाइते भएका छन् ।
भूकम्पबाट काठमाडौं उपत्यकामा मात्रै ६५ हजार ४ सय ९४ वटा घर भत्किएका छन् । अरु प्रभावित जिल्लाका धेरै घर पनि बस्न नहुनेगरी ध्वस्त भएका छन् ।
सरकारले आज पनि भुकम्प पिडितका लागी राहात वितरणको कामलाई जारी राख्ने भएको  छ । सरकारले भुकम्प गएको १५ दिन सम्म राहत वितरण कामलाई जारी राखे पनि कति पए स्थानमा अझै पनि राहात उपलब्ध हुन नसकेको पिडितहरुले गुनासो गरेका छन् ।