व्यवस्थापिका संसदको बैठकमा प्रमुख दलहरुले संकल्प प्रस्ताव ल्याउँने तयारी

बैशाख २६, काठमाण्डौ—महाभुकम्पले निम्ताएको संकटको सामना गर्न आज बस्ने व्यवस्थापिका संसदको बैठकमा प्रमुख दलहरुले संकल्प प्रस्ताव ल्याउँने तयारी गरेका छन् । प्र्रमुख तिनदलले संकल्प प्रस्तावको मस्यौदा तयार गरि सकेको जनाएका छन् ।
कांग्रेस, एमाले र एमाओवादीका प्रमुख सचेतकहरु, कानुन मन्त्रिनरहरी आर्चाय र कांग्रेस सहमहामन्त्रि पुर्ण बहादुर खड्का सहभागि टोलीले हिजाँ साँझ २५ बुँदे संकलप प्रस्तावको मस्यौदा तयार गरेको जनाईएको छ । आज विहान ११ बजे बस्ने संसदको बैठक अघि  प्रमुख दलहरुले मस्यौदा माथि छलफल गरेर अन्तीम रुप दिने बताएका छन् । सबै पार्टीले प्रस्तावमा आ—आफ्नो धारणा सार्वजनीक गर्े पछि सरकारलाई सैदान्तीक निर्देशन दिनेगरी संकल्प प्रस्ताव तयार गरीएको छ । प्रस्तावमा भुकम्पमा मृत्यु भएका परिवारलाई उचित राहत दिने, घरबार विहिनलाई मनसुन अघि गुस्तरीय रटिकाउ अस्थाई आबास बनाईदिने लगायतका बुँदाहरु समाबेस गरिएका छन् ।
हिजोको बैठकमा सत्तारूढ र विपक्षी दलका नेताले एकताबद्ध भई भूकम्पपछिको उद्धार, राहत र पुनःस्थापनाका कामलाई व्यवस्थित र प्रभावकारी बनाउन जोड दिएका थिए । हिजाको बैठकमा सरकारले तत्काल ५ लाख परिवारलाई अस्थायी शिविर व्यवस्था गर्ने निणर्य गर्दै पुनःनिर्माणका लागि २०० अर्बको राष्ट्रिय पुनर्निर्माण कोषको स्थापना गरेको थियो ।