भूकम्प पीडितका लागि एमालेको एकमुष्ट ५० लाख सहयोग

बैशाख १७, काठमाण्डौ – नेकपा एमालेले महाभूकम्पबाट पीडितहरुको राहतका प्रारम्भमा ५० लाख रुपैयाँ छुट्टाएर राहत वितरण थालेको जनाएको छ ।

एमालेको महाभूकम्प पीडित उद्दार तथा राहत केन्द्रीय समन्वय समितिको बैठकले सुरुमा पार्टीको केन्द्रीय कोष, पार्टी अध्यक्षदेखि सबै पदाधिकारी, केन्द्रीय सदस्य तथा सभासद र पार्टी केन्द्रीय कार्यालयका कर्मचारीहरुबाट एकमुष्टरुपमा ५० लाख रुपैयाँ छुट्टाएर राहत वितरण गर्ने निर्णय गरेको हो ।

बैठकल भूकम्प प्रभावित जिल्लाका सभासदहरुलाई राहात, उद्दार र जनसहयोगमा जुट्न निर्देशन दिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।