पत्रकारका लागि महासंघद्वारा राहत कोषको घोषणा

बैशाख १७, काठमाण्डौ – नेपाल पत्रकार महासंघले राहत कोष घोषणा गरेको छ । महासंघको बुधबार बसेको बैठकले भूकम्पबाट भएको महाविपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित पत्रकारलाई आवश्यक सहयोग गर्न महासंघ केन्द्रीय समितिबाट ‘महाभूकम्प पीडित पत्रकार राहत तथा सहयोग कोषको स्थापना गर्ने निर्णय गरेको हो ।

तत्काल महासंघका कोषमा महासंघका तर्फबाट रू. १,१५,५५५।– जम्मा गर्ने र सो कोषमा सहयोगका लागि अपिल समेत गरेको छ ।
यसैगरी बैठकले क्षतिका विवरणहरू संकलन, महासंघ केन्द्रीय कार्यालयमा रहेको ‘हेल्प डेस्क’ मार्फत तत्काल सहयोग र समन्वयको कार्य गर्ने, विपतमा परेको पत्रकार तथा तिनका परिवारलाई महासंघ केन्द्रीय कार्यालयमा रहेको पत्रकार आवास गृह र भवन आवश्कताअनुसार उपयोग गर्न आह्वान गर्ने निर्णय गरेको छ ।
विज्ञप्तीको पूर्ण पाठ :
१. बैठकले महाभूकम्मको महाविपत्तिमा परी जीवन गुमाउन पुगको सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरूप्रति हार्दिक श्रध्दाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । तत्काल उध्दार र राहतमा महासंघले आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने निर्णय गर्दै यस क्रममा आमसञ्चार माध्यमबाट खेलेको सकारात्मक भूमिकाको प्रशंसा गर्नुका साथै मानवीय संवेदनशीलतालाई ध्यानमा राखी अझ जिम्मेवार भूमिका निर्वाह गर्न अपिलसमेत गरेको छ । भूकम्पकै कारण कतिपय मिडिया सञ्चालन हुन नसकेका र कतिपयले अस्थायी शिविरबाट सञ्चालन गर्नु परेको हुँदा सकेसम्म चाँडो पूर्ववत् अवस्थामै सञ्चालनको निम्ति आवश्यक सहयोग गर्न महासंघले सम्वध्द पक्षको ध्यानाकर्षण समेत गराएको छ ।
२. बैठकले महाभूकम्मबाट प्रभावित पत्रकार तथा सञ्चार क्षेत्रको तत्काल उध्दार, राहत र सहयोगका लागि महासंघका केन्द्र तथा शाखा, एसोसिएट संस्थाहरू सम्पूर्ण क्षमताका साथ थप परिचालित हुने निर्णय गरेको छ । यस सन्दर्भमा भएका क्षतिका विवरणहरू संकलन गर्ने र महासंघ केन्द्रीय कार्यालयमा रहेको ‘हेल्प डेस्क’ मार्फत तत्काल सहयोग र समन्वयको कार्य गर्ने, विपतमा परेको पत्रकार तथा तिनका परिवारलाई महासंघ केन्द्रीय कार्यालयमा रहेको पत्रकार आवास गृह र भवन आवश्कताअनुसार उपयोग गर्न आह्वान गर्ने निर्णय भएको छ । यससम्बन्धी कुनै पनि सूचना भएमा वा सहयोग आवश्यक परेमा महासंघ केन्द्रीय कार्यालयको फोन नम्बर ०१–४११२७६३, ०१–४११२६७३ र [email protected] वा महासंघका कुनै पनि पदाधिकारी वा कार्यालय सचिव शेषराज खतिवडा (९८४१३६०७०९) र आवास सुविधा आवश्यक परे ख्याम चापागाई (९८४१५९४८२४) लाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
३. महाभूकम्प पीडित पत्रकारलाई आवश्यक सहयोग गर्न महासंघ केन्द्रीय समितिबाट ‘महाभूकम्प पीडित पत्रकार राहत तथा सहयोग कोष–२०७२’ स्थापना गर्नुका साथै सो कोषमा महासंघका तर्फबाट तत्काल रू. १,१५,५५५।– जम्मा गर्ने र सो कोषमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूलाई खुला दिलले सहयोग गर्न अपिल गर्ने निर्णय पनि बैठकले गरेको छ । यसका लागि महासंघको नाममा नेपाल इन्भेष्टमेन्ट बैंक, पुतलीसडक शाखामा रहेको चल्ती खाता ०१२०१०२०२५२६४५ नम्बरमा सहयोग रकम जम्मा गर्न गर्न महासंघले इच्छुक सबै व्यक्ति र संघसंस्थाहरूलाई हार्दिक अपिल गरेको छ ।
६. मुलुक महाभूकम्पको विपत्तीका कारण पीडाको अवस्थामा रहेको सन्दर्भलाई दृष्टिगत गरी आगामी मे–३ का दिन विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा महासंघको केन्द्र तथा शाखा, एसोसिएट संस्थाबाट कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय पनि बैठकले गरेको छ ।