सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

बैशाख १२,नवलपरासी- सवारी दुर्घटनामा यहाँ एक जनाको मृत्युभएको छ भने चार गम्भीर घाइते भएका छन् । वर्दघाट नगरपालिका–२ चिसापानीमा सवारी साधन एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु हो । दुई जना गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिम जाँदै गरेको लु१ख ८५९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना३च ३१० नम्बरको जिप एक आपसमा ठोक्किएको हो । मृत्यु हुनेमा नवलपरासी गैँडाकोट नगरपालिका–७ बस्ने ३० वर्षीय गोविन्द कुमाल रहेका छन् । हाल घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै नवलपरासी रामग्राम नगरपालिका–५ स्थित हुलाकी सडक खण्डको पुल रामखण्डमा मोटरसाइकल ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन् । परासीबाट भैरहवातर्फ जादै गरेको लु११प ९५६६ मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किदासो दुर्घटना भएको हो ।