गायक तथा साहित्यकार प्रेम प्रकाश मल्ल ‘मधुकर’ को निधन

बैशाख १२, काठमाण्डौ गायक, संगीतकार तथा साहित्यकार प्रेम प्रकाश मल्ल ‘मधुकर’ को ७९ वर्र्षको उमेरमा गएराती साढे ११ बजेतिर निधन भएको छ । लामो समयदेखि पक्षघातबाट थलिएका मल्लको उपचारका क्रममा नेपालगंजस्थित नर्सिङ होममा निधन भएको हो । उहाँलाई हिँजो साँझ अचेत अवस्थामा नेपालगन्ज मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

स्रष्टा मल्ललाई भारत लखनऊको कृष्ण मेडिकल सेन्टरमा अपरेशन गरेर गत चैत २१ गते घर ल्याइएको थियो । उहाँका चर्चित गीतहरु “माछापुच्छर फेवातालमा पौडी खेल्दो रैछ, पोखरा त साँच्चीकैको पोखरा नै रैछ…, बनकी म चरी कठै कल्ले सुनीदेला मेरो मनको बिलौना., म मरे पनि मेरो देश बाँची रहोस्… लगायत थुप्रै लोकप्रिय गीतहरुको रचना, गीत र स्वर दिनुभएको थियो । मल्लको आजै हिन्दु पराम्परा अनुसार अन्तिम संस्कार गरिदैछ ।