आजबाट लोडसेडिङ एक घण्टा घट्यो (नयाँ तालिकासहित)

बैशाख १२, काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले आजबाट लोडसेडिङ घटाएको छ । दैनिक एक घन्टा लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ ।

दैनिक आठ घन्टा हुँदै आएको लोडसेडिङ अब ४ दिन ६ घण्टा,१ दिन सात घन्टा,२ दिन ८ घण्टा हुने छ । सातामा ५५ घण्टा हुदै आएको लोडसेडिङ ४८ घण्टामा सिमित भएको हो । नदीहरुमा जलस्तर बढेको तथा कुलेखानी जल विद्युत आयोजनाको सञ्चितिमा सुधार आएपछि लोडसेडिङ घटाउन सम्भव भएको प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख भुवनकुमार क्षेत्रीले बताउनुभयो ।