बैशाख १२,जनकपुर- धनुषाको सवैला घटना प्रकरणमा जिल्ला अदालत धनुषाले नेकपा एमालेका वैकल्पिक पोल्टिव्युरो सदस्य योगनाराण यादव विरुद्ध पक्राउ पुर्जी जारीको गरेको छ ।
सबैला नगरपालिकामा रहेका श्री मदन आश्रित निमावि विद्यालयको व्यवस्थापन समितिको विषयमा भएको विवादमा दुई जनाको मुत्यु भएको घटनामा जिल्ला अदालत धनुषाले घटना भएकै दिनदेखि प्रहरीको मोस्ट वान्टेडको सुचीमा रहेको यादवसहित अन्य २५ जना विरुद्ध बिहीबार साँझ पक्राउ पुर्जी जारी दिएको छ ।
जिल्ला अदालत धनुषाका न्यायाधीश मुकेश उपाध्यायको एकल इजलासले घटना भएकै दिन प्रहरीले पक्राउ गरेका योगनारायणका भाइसहित ३ जनालाई पुर्वपक्षका लागि जलेश्वर करागारमा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार नै जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएका थिए । योगनाराण यादवका भाई महेन्द्र यादव, उनका काका छोरा महेश यादव र उनका समर्थक लालविहारी यादवलाई पुर्वपक्षका लागि अदालतले थुनामा पठाइएको हो ।
योगनारारण यादव सहित अन्यको विरुद्धमा स्थानीय श्यामकिशोर साह र सिकिलदेवि साहले जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन् । केहि दिन अघि घटनामा दोषिको कारवाहीको माग गर्दै सवैलावासी तथा विभिन्न राजनीतिक दलहरु प्रतिनिधिहरु जनकपुरमा ठुलै विरोध जुलुस प्रदर्शन गरेका थिए ।
नेकपा माओवादीका अध्यक्ष मातृका यादव, एकीकृत नेकपा माओवादीका सभासद रामसिंह, नेपाली काँग्रेस, राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरु धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगाना मार्फत घटनाको सत्य तथ्य छानविनको लागि प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र समेत बुझाएका थिए ।
त्यसको केहि दिन नेकपा एमालेका केन्द्रिय सदस्य तथा धनुषा इन्र्चाज श्रीप्रसाद साहले योगनारण यादव पार्टीको सम्पर्कमा रहेको बताएका थिए । उनले घटनामा षडयन्त्रपुर्ण हिसावले यादवलाई फसाएकोले उनी अदालतमै हाजिर हुने दावी गरेका थिए ।
गत चैत .८ गते स्थानीय श्री मदन आश्रित निमाविको व्यवस्थापन समितिको विवादमा झपड हुँदा ४५ वर्षिय रामसेवक राउत गडेरीको मृत्यु भएको थियो भने सोही राती नेकपा एमालेकै कार्यकर्ता रामप्रकाश यादवको रहस्यमय तरिकाले गोली हानी हत्या गरिएको थियो । उक्त घटना अन्य एक दर्जन भन्दा बढी व्यतिm घाईते भएका थिए ।