अब पनि सहमति नभए प्रक्रियाबाट संविधानः उपप्रधानमन्त्री सिंह

बैशाख ११, काठमाण्डौ- उपप्रधान तथा संघीय मामिला मन्त्री प्रकाशमान सिंहले अब पनि संविधानका विवादित अन्र्तबस्तुमा सहमति हुन नसके प्रक्रियाबाट संविधान जारी गर्ने बताएका छन ।

आरती साप्ताहिकको राजधानीमा शुक्रवार विमोचन गर्दै उनले सहमति हुन नसके आगामि संविधानसभाको बैठकले प्रक्रिया अगाडि बढाउने र आफूहरु पनि त्यही तयारीमा लागेको बताए ।

यद्यपि उनले सहमतिबाट संविधान जारी गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता भने ब्यक्त गरे । सिंहले सहमतिकालागि ब्यवसायीक पत्रकारितामार्फत दवाव दिनु पर्ने भन्दै जनताको चाहना अनुसारको संविधान बनाउने बताए ।
लोकतान्तिक आन्दोलनको सहीद परिवार र घाईतेलाई सरकारले सम्मान गर्ने भन्दै अब कहिल्यै पनि लोकतन्त्र नगुम्ने गरी संविधानमा जनताका अधिकार सुनिश्चित गर्ने बताए ।