बैशाख ११, काठमाण्डौ—आज लोकतन्त्र स्थापना दिवस, लोकतन्त्र स्थापना भएको दशौवर्षको प्रबेश सम्म नेपालले कुनै अपेक्षि उपलधी गर्नु नसकेन पनि दिवस भने प्रत्येक वर्ष मनाउँदै आएको छ । दिवसको अवसरमा आज पनि विभिन्न कार्यक्रमहरुको आयोजना हुँदैछन् । दिवसको आवसरमा सरकारले सार्वजनीक विदा सम्म दिएको छ ।
२०६२ र ६३ को आन्दोलन ११ वैशाख ०६३ मा सम्पन्न भएका कारण उक्त दिनलाई लोकतन्त्र दिवसका रूपमा लिइएको छ । दश वर्ष सशस्त्र संघर्ष गरेको माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ ।
तत्कालीन नेकपा माआवादी र सरकारबीच विस्तृत शान्तिसम्झौता सम्पन्न गरी जारी गरिएको नेपालको अन्तरिम संविधान–०६३ र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो ।
देशलाई समृद्धिको मार्गमा उन्मुख गराउन संविधानसभासम्मको यात्रा आन्दोलनको उपलब्धिस्वरूप अघि बढे पनि अवरुद्ध संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पु¥याउनु अहिलेको मुख्य चुनौती बनेको छ ।
यसैविच दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री सुशील कोइरालाले संवाद, सहकार्य, मेलमिलाप र एकताका माध्यमबाट नेपाली जनचाहना बमोजिमको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाइनुपर्नेमा जोड दिनु भएको छ । प्रधानमन्त्री कोइरालाले नेपाली जनचाहनाबमोजिम झण्डै एक शताब्दीदेखि गर्दै आएको सङ्घर्षको परिणाम स्वरूप अहिलेको प्राप्त लोकतान्त्रिक शासन पद्धतिलाई चीरस्थायी बनाई जनताको भविष्य उज्जल बनाउन प्रेरणा मिलोस भनी कामना गर्नुभएको छ ।