काठमाडौं –हेटौंडा छोटो दूरीको सडकमार्ग मर्मतको लागि आजदेखि एक महिनासम्म बन्द

वैशाख १०,काठमाण्डौ – काठमाडौं –हेटौंडा छोटो दूरीको सडकमार्ग मर्मतको लागि आजदेखि एक महिनासम्म बन्द गरिएको छ । डिभिजन सडक कार्यालय हेटौंडाले सडक मर्मत गर्नका लागि एक महिनासम्म दिउँसोको लागि सडक बन्द हुने जनाएको हो ।

हेटौंडा, भिमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत देउराली सिमखोला सडक मर्मत गर्नका लागि जेठ ९ गतेसम्मका लागि दिउँसोको समयमा सडक बन्द गरिएको डिभिजन सडक कार्यालय हेटौंडाका प्रवक्ता दारोगाप्रसाद साहले बताउनुभयो । यो सडक मार्ग हुँदै दैनिक ६ सय भाडा गाडी गुड्ने गर्छन् ।