बस दुर्घटनामा तीन जनाको मृत्यु, २० जना यात्रु घाइते

वैशाख ८,बारा- बाराको तेह्र किलो मिटरमा बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। बा ४ ख ४५ १६ नम्बरको बस दुर्घटनामा परि उनीहरुको मृत्यु भएको छ भने करीब एक दर्जन यात्रु घाइते भएका छन्।

ना ४ ख ४५१६ नम्बर रात्री बस पतलैया निजगढ सडक खण्डको १४ किमी नजिकै दुर्घटना हुँदा कम्तिमा २० जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ। मृतकहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।