कांग्रेस–एमालेले गरे अब विपक्षीलाई धेरै दिन नपर्खने निर्णय

बैशाख ६, काठमाण्डौ – सत्तारुढ दल कांग्रेस र एमालेको संयुक्त बैठकले सहमतीका नाममा विपक्षी मोर्चालाई धेरै दिन पर्खन नसक्ने निष्कर्ष निकालेका छन । आईतवार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले ‘सहमतीका लागी प्रयास जारी राख्ने यदी सहमती हुन सकेन भने प्रक्रियावाट संविधान निर्माण प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेको छ ।
बैठकपछी संचारकर्मी सँग कुरा गर्दै एमाले नेता भिम रावलले भने ‘विपक्षी मोर्चाकै कारण संवादहिनताको अवस्था भएकोले उनिहरुलाई अब धेरै दिन पर्खन नसकिने निर्णय गरेका छौं ।’
उनका अनुसार दलहरुबिचको संवादहिनताको अवस्थाले गर्दा संविधान निर्माणमा अब्ठेरो परेको हो । एमाओवादी मोर्चालाई बार्ताका लागी आह्वान गर्ने निर्णय गर्दै वार्तामा नआए प्रक्रियामा जानुको विकल्प नरहेको नेता रावलले बताए ।
बैठकले यदि एमाओवादी मोर्चा वार्तामा आए छलफल गरेर सहमतीमै संविधान निर्माण गर्न सकिने निर्णय पनी गरेको बैठकमा सहभागी अर्का एक नेताले बताए । आजको बैठकमा एमाले अध्यक्ष केपी ओली सहित बरिष्ठ नेता माधव नेपाल र भिम रावल उपस्थित थिए भने नेपाली कांग्रेसका तर्फवाट प्रधानमन्त्री शुसील कोईराला र कृष्ण सिटौला सहभागी थिए ।