निजी विद्यालयको शुल्कको विषयमा सरोकारवालाबीच चर्काचर्की

बैशाख ६, काठमाण्डौ – निजी विद्यालयले कानुन विपरित उठाइरहेको शुल्क फिर्ता दिनु पर्ने माग राख्दै विद्यार्थि संगठले आन्दोलनलाई थप चर्काएका छन । विद्यार्थी संगठनले आजबाट निजी विद्यालय खोल्न नदिने बताएका छन् । विद्यालयले शुल्क फिर्ता नलिए सम्म विद्यालय सञ्चलन हुन नदिले विद्यार्थि संगठको तयारी रहेको छ ।

शुल्क वृद्धीको विषयलाई लिएर विद्यालय सञ्चालक, विद्यार्थी नेता र अभिभावकबीच चर्काचर्की समेत भएको छ । प्रमुख राजनीतिक दलसम्बद्ध नौ वटा विद्यार्थी संगठनले हिजो राधानीमा गरेको अन्तर्क्िरयामा विद्यालय सञ्चालक, विद्यार्थी नेता र अभिभावकबीच चर्काचर्की भएको हो ।

विद्यार्थी नेता र अभिभावकले निजी विद्यालयका सञ्चालकमाथि कानुनको ठाडो उल्लंघन गरी मनपरी रुपमा शुल्क बढाएर अभिभावकमाथि लुट मच्चाएको आरोप लगाएका छन् ।यता शिक्षा मन्त्रालय र विभागका पदाधिकारीले आज समस्याको समाधान खोज्ने बताएका छन् ।