अन्तर्राष्ट्रिय सम्पदा दिवसका अवसरमा साइकल परिक्रमा

बैशाख ५, काठमाण्डौ— अन्तर्राष्ट्रिय सम्पदा दिवसको अवसर पारेर आज विश्व सम्पदा सूचीमा सूचिकृत ७ वटा सम्पदाको साइकलबाट परिक्रमा गरिदैछ ।

पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष, युनेस्को र टुर डे लुम्बिनीले आज काठमाडौं उपत्यकाका ७ वटा सम्पदाको साइकलबाट परिक्रमा गर्न लागेका हुन् । काठमाडौं उपत्यकामा रहेका पशुपतिनाथ, बौद्धनाथ, स्वम्भुनाथ र चाँगुनारायण तथा काठमाडौं दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र र पाटन दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचिकृत छन् ।
सम्पदाको संरक्षणप्रति नयाँ पुस्तालाई जागरुक बनाउन र पर्यटन प्रबद्र्धनका लागि परिक्रमाको कार्यक्रम राखिएको आयोजकले बताएका छन् । ७ वटा सम्पदाको परिक्रमा गर्न साइकलले ६० किलोमिटर दुरी पार गर्नुपर्नेछ । यस्तै वैशाख १८ गतेदेखि २१ गतेसम्म काठमाडौंबाट लुम्बिनीसम्मको ३ सय किलोमिटर दूरीमा साइकल यात्रा गरिने जनाइएको छ ।
यसैबीच ऐतहासिक नगर ललितपुरको बुङमतिमा आजदेखि महोत्सव हुदैछ । बुङमतिलाई पर्यटकिय गन्तब्यको रुपमा विकास गर्न महोत्सव गर्न लागिएको मुल आयोक समितीका संयोजक प्रेमभक्त महर्जनले बाताउनु भयो । महोत्सव बैशाख ९ गते सम्म चल्नेछ ।