प्रन्या साहद्वारा अदालतको मूल्यमान्यताअनुसार फैसला गर्न निर्देशन

बैशाख ४,कलैया – सर्वोच्च अदालतका प्रधानन्याधीश रामकुमार प्रसाद साहले न्यायमा व्यक्तिको सहज पहुँचका लागि अदालतको मूल्यमान्यता, आदर्शलाई पालन गरी न्यायको आधारमा फैसला गर्न न्यायाधीशहरुलाई निर्देशन दिनुभएको छ ।

उहाँले आज बारा जिल्ला अदालतको निरीक्षण गरी जिल्ला न्यायाधीशहरु, कर्मचारीसँगको भेटघाटमा सो कुरा भन्नुभएको हो ।
उहाँले सकारात्मक सोच, सत्यको खोजी गर्न, लोभ लालचमा नपरी भ्रष्टचारीलाई कानुनबमोजिम सजाय दिलाउन पछि नहट्नसमेत निर्देशन दिनुभयो ।
बारा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पोखरेलको अध्यक्षतामा सो भेटघाट कार्यक्रम भएको थियो