खोलामा डुबेर ३ बालिकाको मृत्यु

बैशाख ३,धनगढी – कैलालीको अत्तरिया नगरपालिका १३ स्थित मनहरा खोलामा नुहाउने क्रममा डुबेर आज ३ बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अत्तरिया नगरपालिका १३ बस्ने १२ वर्षीया करिस्मा गिरी, धनगढी नगरपालिका १ शिवनगरकी १२ वर्ष कै अस्मिता नाथ र उनकी ९ वर्षकी बहिनी अनिसाको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक कुलदीप चन्दले जानकारी दिए ।
अस्मिता र उनकी बहिनी विदाको समयमा आफ्नो फुपूको घर आएका थिए । उनीहरु आज दिउँसो करिब सवा १२ बजे खोलामा नुहाउन गएका थिए ।