बैशाख ३, काठमाण्डौ – संविधान जारी गर्ने समयसिमा तोक्ने/नतोक्ने बिषयलाई लिएर सत्तारुढ दल काग्रेस र एमालेबीच खटपट उत्पन्न भएको छ । एमालेले जेठ १५ नभए असार मसान्तसम्म संविधान जारी गर्ने गरी प्रक्रिया निर्धारण गर्नुपर्ने प्रस्ताव गरेको छ ।
तर प्रधानमन्त्री सुशील कोइरालाले मिति तय नगरी जानुपर्ने अडानमा छन् । यही कारण गत आइतबार प्रधामन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकमा प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच चर्को भनाभन समेत भएको थियो । त्यसपछि दुई दलका शिर्ष नेताको बैठक बसेको छैन ।
संविधान जारी गर्ने मिति तय गर्न नमान्नुको पछाडी प्रधानमन्त्रीले सरकार लम्बाउन खोजेको बुझाई एमालेको छ । संविधान जारी गर्न जति ढिलाई भयो त्यति सरकारको नेतृत्व लिने संभावना टाढिने भएकाले एमालेेले मिति तय गर्नुपर्नेमा जोड दिएको हो ।