शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरु आन्दोलित

बैशाख ३, काठमाण्डौ – नीजि विद्यालयमा शुल्क बढाएको भन्दै हिजादेखि आन्दोलन थालेका विद्यार्थी संगठनहरुले आज पनि आन्दोलन जारी राख्ने भएका छन् ।

विद्यार्थी संगठनहरुले आज बिहान १० बजे शिक्षा विभागमार्फत सरकारलाई विरोध पत्र बुझाउने तथा विद्यालयहरुमा विद्यार्थी भर्नामा अवरोध गर्ने बताएका छन् ।
हिजो विद्यार्थी संगठनहरुको बैठक बसेर बढाएको शुल्क फिर्ता गर्न माग गर्दै नगरेसम्म आन्दोलन गर्ने निर्णय गरेको थियो ।