मध्यपुर थिमी बोडेमा आज जिब्रो छेड्ने जात्रा मनाईदै

बैशाख २, भक्तपुर -बिस्केट जात्राको छैटौ दिन आज सिन्दुर जात्रा मनाईदै छ । मध्यपुर थिमी बोडेमा आजजिब्रो छेड्ने जात्रा पनि मनाईदैछ । लगातारछैटौ पटकदेखि जिब्रो छेडाउँदैआउँनु भएका जुजुभभाई बास श्रेष्ठले योवर्ष पनि जिब्रो छेडाउँदै हुनुहुन्छ । मध्यपुरथिमीको बोडेमा हरेक वर्ष बैशााख दुई गते धुमधामका साथ यो जात्रा मनाईने प्रचलन छ । यो जात्रा मध्यपुर थिमीको पाँचो गनेशको पुर्वि पट्टी रहेको पाटी अगाडि मञ्चमा मनाउँने प्रचलन रहेको छ । ६६ साल देखि निरन्तर रुपमा जिब्रो छेड्दै आउँनु भएका श्रेष्ठले यो वर्ष पनि अरुजिब्रोछेड्ने नभए पछि आफैछेड्न लागको बताउँनु भएको छ। प्राचिन काल देखि नै चल्दै आएको साहसीक तथा धार्मिक कार्यमा कसैले चासो नदेखाए पछि परमपरालाई धान्न आफै जिब्रो छेडेको बताउनु भएको छ।