मौसममा आजदेखि मात्र सुधार

बैशाख १, कठमाण्डौ-तीन दिनदेखि बदलिएको मौसममा आजदेखि मात्र सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमबाट पूर्व्तिर बिस्तारै सरिरहेको न्यून चापिय प्रणालीको साथै अरव सागरबाट आएको जलवाष्पको असरले बदलिएको मौसममा मंगलबारदेखि क्रमिक सुधार आउनेछ ।
मौसमी प्रणालीको असरले, बादलसँगै हल्का पानी पर्ने र उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुनेछ । आज पश्चिम क्षेत्रमा सामान्यतया बदली भएपनि पुर्व र मध्य भागमा मेघ गर्जनसहित पानी पर्नेछ ।
विशेष गरी पूर्व र मध्य भाग बढि प्रभावित हुने देखिएकोले, उपल्लो हिमाली भेगमा यात्रा गर्ने पर्वतारोही र पदयात्रीलाई मौसम सम्बन्धी सुचनामा अध्यावधिक भइरहन महाशाखाले अनुरोध गरेको छ ।