जाजरकोटमा अज्ञात रोगका कारण गएराति थप चार जनाको मृत्यु

बैशाख १, कठमाण्डौ-जाजरकोटमा अज्ञात रोगका कारण गएराति थप चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टालेगाउँ गाविस– ३ का ५० वर्षीया लक्ष्मी नेपाली, वडा नम्बर– ५ का ५५ वर्षीया धनकला दमाई, वडा नम्बर– ६ का ५१ वर्षीय हस्ते कामी र वडा नम्बर– २ का ६१ वर्षीय महेश्वरा सिंह रहेको स्वास्थ्य चौकी टालेगाउँका इन्चार्ज प्रेमा लामाले जानकारी दिनुभयो ।
मंगलवार मात्र १ सय ८० जना विरामी उपचारका लागि अस्पताल ल्याइएको छ । विरामी राख्ने ठाउँ नभएका कारण खुल्ला चौरमा राखेर उपचार गर्न बाध्य भएको लामाको भनाइ छ । स्वास प्रश्वास सम्बन्धि रोगी बढी भएको उहाँको भनाइ छ । स्वास्थ्यकर्मीको संख्या बढाउनुपर्ने लामाको भनाइ छ । थप चार जनाको मृत्यु भएसँगै जाजरकोटका अज्ञात रोगका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ।