आजबाट २०७२ साल सुरु, नयाँवर्षको अवसरमा शुभकामना सन्देश

बैशाख १, काठमाण्डौ—आजबाट २०७२ साल सुरु भएको छ । २०७२ सालको पहिलो दिन आज सम्पुर्ण नेपालीहरुले नयाँ वर्षको अवसरमा विभिन्न कार्यक्रमको आयेजना गर्दै मनाउँदै छन् ।प्रचलीत विक्रम संवत कुनै पनि राजामहाराजाबाट नभएई सुर्यको गतिबाट आएको अन्वेशकहरुको दावि रहेको छ । भारतका राजा विक्रम आदीत्यले चलाएको भनिउ पनि विक्रम आदित्य जन्मनु पुर्व नै चलि आएको अन्वेशकहरुको दाव रहेको छ । वि.स. ग्रेगोरीयन अंग्रेजि पात्रो भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि रहेको छ ।
यसैविच नयाँवर्षको अवसरमा राष्ट्रपति डा. रामवरण यादवले  नेपालीको चाहना बमोजिम संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भई देशमा शान्ति, स्थिरता र समृद्धिको नयाँ युग सुरु हुन सकोस् भन्ने कामना गर्नुभएको छ ।
यस्तै उपराष्ट्रपष्mिबत परमानन्द झाले नव वर्ष २०७२ का उपलक्ष्यमा शुभकामना सन्देश दिँदै जनचाहनाबमोजिम लोकतान्त्रिक संविधानको निर्माणबाट नै नेपालीमा जनप्रतिनिधिमूलक लोकतान्त्रिक परिपाटी बलियो एवम् स्थायी हुन सक्छ भन्नेमा कुनै द्विविधा नभएको बताउनुभएको छ ।
यस्तै प्रधानमन्त्री सुशील कोइरालाले सङ्घीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरी संस्थागत गर्न सबै राजनीतिक दल जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको छ । नव वर्ष २०७२ को शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले  राजनीतिक दलबीचको निरन्तर संवाद, सहकार्य, एकता र मेलमिलापबाटै राजनीतिक सहमति कायम हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले,(एमाले)का नेता माधवकुमार नेपाल,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले शुभकामना व्यक्त गर्नुभएको छ ।
यसैविच पूर्वराजा ज्ञानेन्द्र शाहले देश व्याप्त राजनीतिक अस्थिरताका कारण जनता चरम निराशामा रहेको बताउँनु भएको छ ्।नयाँ वर्ष २०७२ सालको अवसरमा शुभकामना वक्तव्यमा पूर्वराजा शाहले वितेका वर्ष नेपाल र नेपालीका लागि उत्साहप्रद नरहेको उल्लेख गर्नु भएको हो ।